पियोर इनर्जीको आईपीओ भर्ने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १ गते
पियोर इनर्जीको आईपीओ भर्ने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

पियोर इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ)मा आवेदन दिने अन्तिम म्याद भोलि (२०८२ वैशाख २) गते, मंगलबार साँझ ५ बजेसम्म तोकिएको छ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो।

पहिलो चरणमा आयोजनाबाट प्रभावित बाँके जिल्लाका स्थानीयवासीका लागि १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १ लाख ४४ हजार कित्ता, सामूहिक लगानी कोषलाई ७२ हजार कित्ता र कर्मचारीलाई २८ हजार ८०० कित्ता सेयर बाँडफाँट भइसकेको छ। अब बाँकी ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, आज वैशाख १ गते साँझ ५:०० बजेसम्ममा १६ लाख ३४ हजार ४८९ जना सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिएका छन्। ती सबैले गरी १ अर्ब ९२ करोड ९४ लाख ७६ हजार रुपैयाँ बराबरका, अर्थात् १ करोड ९२ लाख ९४ हजार ७६० कित्ता सेयरका लागि आवेदन दिएका हुन्।

यो संख्या मागभन्दा १६.१४ गुणा बढी हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स