SHAREHUBSHAREHUB

सर्वसाधारणले रिज लाइन इनर्जीको आइपीओ भर्ने भोलि अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ३ गते
AdvertisementAds
सर्वसाधारणले रिज लाइन इनर्जीको आइपीओ भर्ने भोलि अन्तिम दिन
AdvertisementAds

रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने भोलि  फागुन ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘CARE-NP BB Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र CDS and Clearing Limited द्वारा सञ्चालन गरिएको ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स