नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो।
यससँगै, प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो यो मूल्य ३ लाख रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला ५ हजार २०० रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिकृया