शिवश्री हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २३ गते
शिवश्री हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन

शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ १९ गतेदेखि आफ्ना सेयरधनीका लागि हकप्रद सेयर बिक्री खुला गरेको थियो, जसमा असोज २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो हकप्रद निष्काशन अन्तर्गत कम्पनीले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ १ कित्ता हकप्रद सेयर जारी गरेको हो। यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गर्दैछ, जसको कुल मूल्य १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ हुन्छ।

हकप्रद सेयर वितरणका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन १५ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्।

सेयरधनीहरूले आवेदन धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल वा सिटिजन्स बैंकका शाखाहरू (कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल, हेटौँडा) मार्फत दिन सक्नेछन्।

यसका अतिरिक्त, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’ प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स