सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ। मंसिर ७ गतेदेखि बिक्री खुला गरिएको यस आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीले आजसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले कुल १० अर्ब रुपैयाँ जारी पुँजीको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर जारी गरेको छ, जसमा १ अर्ब रुपैयाँका १ करोड कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। यीमध्ये सोलु दूधकुण्ड नगरपालिका–७, ११ र थुलुङ दूधकोसी गाउँपालिका–१ का अति प्रभावित बासिन्दाका लागि ४० लाख कित्ता तथा अन्य प्रभावित वडाका स्थानीयका लागि ६० लाख कित्ता सेयर राखिएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ् रहेको यस आईपीओका लागि स्थानीयले ग्लोबल आइएमई बैंक सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको शाखा तथा आयोजनास्थल तिङ्गलाबाट आवेदन दिन सक्नेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई IRN Double B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सूचित गर्छ।





















प्रतिकृया