माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ४ गते
माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि बिक्रीमा ल्याएको प्रथम चरणको आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा जम्मा १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो।

पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयहरूका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको छ। संखुवासभाको मादी नगरपालिकाका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिकाका वडा नं. २, ३, ७, ८, ९ का स्थायी बासिन्दाले आवेदन दिन सक्नेछन्। आवेदन न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म दिन सकिन्छ।

आवेदन लक्ष्मी सनराइज क्यापिटल, ग्लोबल आइएमई बैंक (चैनपुर), हिमालयन बैंक (मादी), लक्ष्मी सनराइज बैंक (खादबारी) तथा आयोजनाको कार्यालयबाट दिन सकिन्छ।

साथै, सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ। पहिलो चरणको बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स