माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज (साउन २९) अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
कम्पनीले ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशनको अनुमति पाएको थियो। पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता स्थानीयका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको थियो।
दोस्रो चरणमा १३ लाख ५४ हजार २३५ कित्ता सेयरमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयरमा सर्वसाधारणले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘सिंगल बी प्लस’ प्रदान गरेको छ।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया