राधी विद्युत कम्पनी लिमिटेडको साधारण सभा तथा लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (पुस ३ ) गते रहेको छ।
कम्पनीले भोली पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागि हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले चालू आर्थिक वर्षका लागि ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
साधारण सभा पुस १८ गते, बिहीबार बिहान १० बजे दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु तीखेदेवल, ललितपुरमा आयोजना हुनेछ। सभाले लाभांश वितरणको प्रस्तावसँगै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र अन्य आवश्यक एजेन्डाहरू पारित गर्नेछ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया