४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिने?



नेप्सेमा सूचीकृत ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते बिहीबार अन्तिम दिन हो । आज सर्वोत्तम सिमेन्ट, एचआइडीसीएल, सिद्धार्थ बैंक र ग्रीन भेन्चर्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । सर्वोत्तम सिमेन्ट र एचआइडीसीएलले पुस १२ गते शुक्रबार बुक क्लोज गर्दैछन् भने सिद्धार्थ बैंक र ग्रीन भेन्चर्सले पुस १४ गते बुक क्लोज गर्दैछन् । पुस १२ र १३ गते क्रमशः शुक्रबार र शनिबार परेकाले यी दिन सेयर बजार बन्द रहेनछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यी कम्पनीको लाभांश पाउन तथा साधारण सभामा भाग लिन सक्नेछन् ।

सर्वोत्तम सिमेन्टले गत वर्षको नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

जलविद्युत लगानी तथा विकास कम्पनी(एचआइडीसीएल) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सिद्धार्थ बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, आर्मी अफिसर्स, क्लब भद्रकाली काठमाडौंमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ ।

ग्रीन भेन्चर्स लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीको साधारण सभा पुस २८ गते बस्दैछ । सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad