रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २२ गते
रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज

रिभर फल्स पावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज साउन २२ गते अन्तिम दिन हो। कम्पनीले हकप्रद निष्काशनका लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ।

यस अनुसार, बुक क्लोज मितिभन्दा एक दिन अघिसम्म कायम सेयरधनी मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

तर साउन २३ गते शुक्रबार, साउन २४ गते शनिबार र साउन २५ गते काठमाडौं उपत्यकामा गाइजात्राको अवसरमा सार्वजनिक विदा परेकोले आजको मिति (साउन २२) नै अन्तिम सेयर कारोबार हुने दिन बनेको हो। त्यसैले आजसम्म सेयर किनेकाहरू मात्र हकप्रदको हकदार हुनेछन्।

नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। अब कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ।

यस अन्तर्गत, कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ।

उक्त हकप्रद निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स