पियोर इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन आज (वैशाख २ गते) अन्तिम दिन हो।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो। यसअघि आयोजना प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीलाई छुट्टै सेयर बाँडफाँट भइसकेको छ।
आईपीओमा न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हो र आवेदन ‘मेरो शेयर’ मार्फत दिन सकिन्छ।














प्रतिकृया