विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि निष्काशन गरेको एफपीओ भर्ने आज पुस २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर निष्काशन गरेको हो।
उक्त एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। एफपीओ निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।
सीडीएससीका अनुसार बुधबार बेलुकासम्म विजय लघुवित्तको एफपीओमा १८ लाख ८६ हजार २८७ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब २० करोड ५३ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड २० लाख ५३ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन्।
यो माग भन्दा ४७.२४ गुणा बढी आवेदन हो ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया