विकाश हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?



विकाश हाइड्रोपावर लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिन आज असार २२ गते अन्तिम दिन हो। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले ९० करोड ९१ लाख रुपैयाँ बराबरको जारी पूँजीमध्ये ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो।

जसमध्ये ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा, ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ७० हजार ९१० कित्ता कर्मचारी तथा १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।


Advertisement

कम्पनीले निर्माण गरेको ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको लागत १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको छ, जसको विद्युत अनुमतिपत्रमा अझै ३० वर्ष ९ महिना अवधि बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना र डिस्काउन्टमा १० वर्ष ९ महिना रहेको छ। कम्पनीलाई इक्रा नेपालले “ICRA NP BBB-” रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्छ। आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ र आवेदन सि आस्बा प्रणाली वा ‘मेरो शेयर’ अनलाइनमार्फत गर्न सकिनेछ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, हिजो असार २१ गते साँझ ५:०० बजेसम्ममा १७ लाख ४१ हजार ५८५ जना सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिएका छन्। ती सबैले गरी २ अर्ब १२ करोड ९६ लाख ३० हजार रुपैयाँ बराबरका, अर्थात् २ करोड १२ लाख ९६ हजार ३०० कित्ता सेयरका लागि आवेदन दिएका हुन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर