स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको छ। यो संस्थाको दोस्रो चरणको सार्वजनिक निष्काशन हो। यसअघि पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सेयर बिक्री भई बाँडफाँड भइसकेको छ।
नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई ५ करोड ७७ लाख ५० हजार रुपैयाँ जारी पुँजीमध्ये ४० प्रतिशत अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको अनुमति दिएको हो। पहिलो चरणमा कुल २३ हजार १०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री गरिएको थियो।
कुल २ लाख ३१ हजार कित्तामध्ये ०.५ प्रतिशत (१ हजार १५५ कित्ता) कर्मचारीका लागि, ५ प्रतिशत (११ हजार ५५० कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १ लाख ९५ हजार १९५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा, साथै सीडीएससीको मेरो शेयरमार्फत दिन सकिन्छ। यस आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
सीडीएससीको तथ्यांकअनुसार साँझ सोमबार बेलुकासम्म स्वस्तिक लघुवित्तको आईपीओमा १९ लाख ५४ हजार ३७१ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब २९ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख १२ हजार ८४० कित्ताका लागि आवेदन गरेका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ११७.३२ गुणा बढी हो।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया