सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन हो। कम्पनीले भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्काशन खुलेको हो।
यसअन्तर्गत सर्वसाधारणलाई कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर बिक्रीका लागि राखिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
सीडीएससीको तथ्यांकअनुसार साँझ शनिबार बेलुकासम्म सागर डिष्टिलरी लिमिटेडको आईपीओमा २० लाख ६० हजार ५२४ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ३३ करोड ४२ लाख ८४ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ४२ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा १९.६० गुणा बढी हो।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया