रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि कुल ९ लाख २४ हजार ७ सय ६८ कित्ता सेयर निष्काशन गरेको हो।
कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन गरेको हुँदा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ। आईपीओ खुला भएको ४० मिनेटमै मागभन्दा बढी आवेदन परिसकेको थियो।
आईपीओ प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा निष्काशन गरिएको हो। यस सेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ।
कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
सीडीएससीको तथ्यांकअनुसार बिहिबार बेलुकासम्म रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा ४ लाख २३ हजार १९३ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा १८ अर्ब ३२ करोड २७ लाख ६७ हजार ६४८ रुपैयाँ बराबरको २ करोड २३ लाख २३ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा २४.१३ गुणा बढी हो।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया