नेपाल एसबिआई बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १ गते
नेपाल एसबिआई बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० गतेदेखि निष्काशन गरेको ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ मा आवेदन दिने आज (साउन १) अन्तिम दिन हो। यो ऋणपत्र १० वर्षे अवधिको हो, जसमा वार्षिक ७% ब्याज दिइनेछ। बैंकले प्रतिकित्ता १ हजार दरमा ३० लाख कित्ता, कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो।

यसमध्ये ६०% व्यक्तिगत तवरबाट र ४०% सर्वसाधारणलाई बिक्री गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएको हिस्सा मध्ये ५% सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन दिनुपर्नेछ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

आवेदन सि-आस्बा प्रणालीमार्फत ‘मेरो शेयर’ वा सहभागी बैंकमार्फत दिन सकिन्छ। इक्रा नेपालले बैंकलाई ‘ICRANP IR AA’ क्रेडिट रेटिङ प्रदान गरेको छ। ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो छ महिनाको अन्त्यपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स