एमबिएल इक्विटी फण्डमा आवेदन दिने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ७ गते
एमबिएल इक्विटी फण्डमा आवेदन दिने आज अन्तिम दिन

सामूहिक लगानी कोष “एमबीएल इक्विटी फण्ड” मा आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ । यसमा प्रतिइकाई १० रुपैयाँका दरले जम्मा १२ करोड इकाई निष्कासन गरिएको हो । जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक र १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ।यो फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिएको हो। यसमा आवेदन दिँदा न्युनतम १ सय र अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अुनमति पाएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर अनलाईन मार्फत् आवेदन दिन सक्नेछन् । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स