हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ भर्ने आज असार २७ गते अन्तिम दिन हो। कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस निष्काशनअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ लाख १९ हजार कित्ता सेयर जारी गरेको हो।
उक्तमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता सेयर निष्काशन भइसकेको छ।
अब कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सेयर छुट्याएर बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
सीडीएससीको तथ्यांकअनुसार बिहीबारसम्म हिम स्टार उर्जा कम्पनीको आईपीओमा ११ लाख २९ हजार ७५६ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा एक अर्ब ३४ करोड रुपैयाँ बराबरको एक करोड ३४ लाख ३९० कित्ताका लागि आवेदन गरेका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा १९.०२ गुणा बढी हो।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया