बन्दीपुर केवलकारको आईपिओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १५ गते
बन्दीपुर केवलकारको आईपिओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
AdvertisementAds

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको साधारण सेयर (आईपिओ) मा आवेदन दिने अन्तिम दिन आज (भदौ १५) गते रहेको छ। कम्पनीले भदौ ११ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

यस आईपीओअन्तर्गत कम्पनीले सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको छ। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। यस निष्काशनको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सेयर निष्काशन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। अनुमति अनुसार कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता (५८ करोड ६० लाख रुपैयाँ बराबरको) साधारण सेयर सार्वजनिक गर्ने योजना अघि सारेको हो।

सीडीएससीको तथ्यांकअनुसार साँझ शनिबार बेलुकासम्म बन्दीपुर केवलकारको आईपीओमा २१ लाख ३१ हजार ७० जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ५५ करोड २ लाख २१ हजार रुपैयाँ बराबरको २ करोड ५५ लाख २ हजार २१० कित्ताका लागि आवेदन गरेका हुन्।

यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ५८.७३ गुणा बढी हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स