सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज पुस २३ गते बुधबार रहेको छ। कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका स्थानीयलाई पुस ९ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो।
यस अन्तर्गत कम्पनीले स्थानीयका लागि कुल ६ लाख ८९ हजार ६ सय ७५ कित्ता सेयर निष्काशन गरेको छ। आवेदनकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ। उक्त आईपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज सम्पन्न गरिसकेको छ। स्थानीयका लागि निष्काशन गरिएको सेयरको बाँडफाँडपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो।



















प्रतिकृया