आज फेसबुकको २१औं जन्मदिन

आज फेसबुकको २१औं जन्मदिन
AdvertisementAds

आज फेसबुकले आफ्नो २१औं जन्मदिन मनाइरहेको छ। सन् २००४ को फेब्रुअरी ४ मा मार्क जुकरबर्ग, एडुआर्डो सेभरिन, डस्टिन मोस्कोविट्ज र क्रिस ह्युजले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा स्थापना गरेको फेसबुक आज विश्वकै प्रभावशाली सामाजिक सञ्जालमध्ये एक बनेको छ। प्रारम्भिक रूपमा “द फेसबुक” नाम दिइएको यो प्लेटफर्म सुरुमा केवल हार्वर्डका विद्यार्थीहरूका लागि मात्र उपलब्ध थियो। केही समयमै अन्य विश्वविद्यालयहरूमा फैलिएको फेसबुक सन् २००६ देखि सबैका लागि खुला गरियो।

फेसबुकले निरन्तर आफ्नो सेवा विस्तार गर्दै आइरहेको छ। सन् २०१२ मा सार्वजनिक कम्पनी बनेको फेसबुक अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो आईपीओ जारी गरेको थियो। कम्पनीले सन् २०१२ मा फोटो सेयरिङ एप इन्स्टाग्रामलाई एक अर्ब डलरमा किनेको थियो। त्यसपछि सन् २०१४ मा यसले अर्को प्ल्याटफर्म ह्वाट्सएपलाई १९ अर्ब डलरमा स्वामित्वमा लियो। पछिल्लो समय एक्स (पहिले ट्विटर) सँग प्रतिस्पर्धा गर्न फेसबुकले थ्रेड्स नामक नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स