यसकारण घट्यो नेरुडे मिर्मिरे लघुवित्तको नाफा, ईपीएसमा पहिरो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २६ गते
यसकारण घट्यो नेरुडे मिर्मिरे लघुवित्तको नाफा, ईपीएसमा पहिरो

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा १५.८८ प्रतिशतले घटेर २५ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज बढेका कारण लघुवित्तको नाफामा गिरावट आएको हो।

चौथो त्रैमाससम्ममा नेरुडे मिर्मिरेको खुद ब्याज आम्दानी ५७.३७ प्रतिशतले बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी १२.८८ प्रतिशतले घटेर २१ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, सञ्चालन मुनाफा ८.४४ प्रतिशतले घटेर ३६ करोड ३९ लाख रुपैयाँ सीमित भएको छ।।

लघुवित्तको इम्पेयरमेन्ट चार्ज ३ करोड ९६ लाख रुपैयाँबाट बढेर ३० करोड ४७ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तको खराब कर्जा अनुपात १०.४१ प्रतिशतबाट बढेर ११.३२ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा नेरुडे मिर्मिरे लघुवित्तले ६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप र १० अर्ब ८५ करोड रुपैयाँ सापटी गरी २० अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा १३ करोड ३९ लाख रुपैयाँ रहेको छ। यस्तै जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ सञ्चित छ। लघुवित्तको लाभांश क्षमता ९.५८ प्रतिशत रहेको छ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ४८ पैसाले घटेर १८ रुपैयाँ १७ पैसामा सीमित भएको छ भने, प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७७ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स