नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफारिसका लागि गठन गरिएको सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले राजीनामा दिएका छन्। सरकारले भट्टको संयोजकत्वमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवन कुमार दाहाल रहेको तीन सदस्यीय समिति गठन गरेको थियो। वैशाख १३ गते खुलाइएको आवेदनमा ४७ जनाले आवेदन दिएका थिए।
तर, समितिका संयोजक भट्टका आफन्त डा. गोपाल भट्टले समेत अध्यक्ष पदका लागि आवेदन दिएपछि स्वार्थको द्वन्द्व हुने आशंका उठेको थियो। सोही कारण निष्पक्षता कायम राख्न उनले राजीनामा दिएका हुन्।
अब मन्त्रिपरिषद्ले नयाँ संयोजक नियुक्त गरेपछि मात्र अध्यक्ष छनोट प्रक्रिया अघि बढ्नेछ। समितिले तीन जनाको नाम सिफारिस गर्ने र त्यसबाट सरकारले अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ। प्रक्रिया हाललाई स्थगित भएको छ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया