तोप नै हाने पनि यो सरकार १७ महिनासम्म ढल्दैन: प्रधानमन्त्री ओली



Advertisement
Ads

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १७ महिनासम्म आफू प्रधानमन्त्री पदमा रहनुपर्ने दाबी गरेका छन्। लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले सरकार ढल्ने हल्ला नचलाउन आग्रह गरे। उनले भने, “यो सरकार ढलिहाल्छ भन्ने हल्ला चलेको छ, यो हल्ला नचलाए हुन्थ्यो,” र यस्ता हल्लाले युवाहरूमाझ निराशा फैलाउने चेतावनी दिए।

ओलीले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए। उनले थपे, “सात महिना बितिसक्यो, १७ महिना प्रधानमन्त्री चलाउँछु, त्यसपछि आफैं शेरबहादुरजीलाई पद छोड्नेछु। केपी ओलीलाई हराउन बल लगाउन पर्दैन, आफैं छाड्छु।”


Advertisement

उनले आफू छिटो फुल्न नसक्ने, औषधी हाल्ने खालको केरा वा फलफुलको उदाहरण दिँदै भने, “१७ महिना तोप हाने पनि सरकार ढल्दैन। केही गरे पनि प्रधानमन्त्री ढल्दैन। झन्डै दुई तिहाइ बहुमत भएको सरकार ढल्दैन।” अन्तमा, उनले १७ महिनापछि राजीनामा दिने र शेरबहादुर देउवालाई सहयोग गर्ने कुरा दोहोर्याए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर