नेपालको धितोपत्र बजारमा पछिल्लो समय आईपीओ निष्काशनका लागि विभन्न क्षेत्रका कम्पनीहरु धितोपत्र बोर्डको पाइपलाइनमा अनुमति कुरिरहेका छन। यसअघि धितोपत्र बोर्ड अध्यक्षविहीन भएकाले आईपीओ ल्याउने कम्पनीहरू पाइपलाइनमै रोकिएका थिए। हालसम्म पाइपलाइनमा रहेका कम्पनीहरूको संख्या ८३ पुगेको छ, जसले कुल ५१ अर्ब ७४ करोड २४ लाख १ हजार ६३२ रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि तयारी गरिरहेका छन्।
धितोपत्र बोर्डको प्रक्रियामा रहेका ८३ कम्पनीहरूले ३६ करोड १३ लाख ३७ हजार २८५ कित्ता सेयर जारी गर्ने तयारी गरेका छन्। पाइपलाइनमा रहेका ८३ कम्पनीमध्ये औषधि उत्पादन (फार्मास्युटिकल्स) क्षेत्रका ३ कम्पनीहरू रहेका छन्। यि ३ कम्पनीहरू हुन्: अकोर्ड फार्मास्युटिकल्स लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड र सोपन फार्मास्युटिकल्स लिमिटेड ।
१. अकोर्ड फार्मास्युटिकल्स लिमिटेड
अकोर्ड फार्मास्युटिकल्सले ७० करोड ६९ लाख ९०० रुपैयाँ बराबरको ७ लाख ६ हजार ९०९ कित्ता सेयर जारी गर्ने अनुमति कुरिरहेको छ ।
२. ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड
ओम मेगाश्री फार्मास्युटिकल्सले १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर जारी गर्ने अनुमति कुरिरहेको छ ।
३. सोपन फार्मास्युटिकल्स लिमिटेड
सोपन फार्मास्युटिकल्सले १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता सेयर जारी गर्ने अनुमति कुरिरहेको छ ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया