गृहमन्त्री लेखक भन्छन्, “गठबन्धन टिक्दैन भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन्”



Advertisement
Ads

गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म जारी रहने दाबी गरेका छन्।


Advertisement

आइतबार बेलुका सिंहदरबारमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औं बैठकपछि सञ्चारकर्मीहरूसँगको कुरा गर्दै उनले यस गठबन्धनको स्थायीत्वप्रति रहेका शंका र हल्ला असत्य भएको स्पष्ट पारे।


Advertisement

मन्त्री लेखकका अनुसार, “यो गठबन्धन नटिक्ने भन्ने हल्ला मात्र हो, जसमा विश्वास गर्नुपर्ने कुनै कारण छैन। गठबन्धन अहिले टिकिरहेको छ र राम्रो काम गर्ने दिशामा अघि बढिरहेको छ। हामी, नेपाली काँग्रेस र नेकपा एमाले, बीचमा गरिएको सात बुँदे सहमतिअनुसार यो गठबन्धन निर्वाचनसम्म कायम रहनेछ।”

उनले थपे, “संविधान संशोधनको प्रक्रिया चरणवद्ध रूपमा अगाडि बढ्नेछ। यो अहिलेको समयमा संविधान ०८७ सम्म पुग्छ कि पुग्दैन भन्ने कुरा घोषणा गर्ने विषय होइन। सबै राजनीतिक दलहरूको सहमति र वार्ताको आधारमा संविधानका सबल र दुर्बल पक्षलाई पहिचान गर्दै संशोधनको प्रक्रिया अघि बढाउनु पर्छ।”

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर