‘लोडसेडिङ’ हुँदैन, सामाजिक सञ्जालमा फैलिएका हल्लाको पछि नलाग्नु: प्राधिकरण



Advertisement
Ads

नेपाल विद्युत् प्राधिकरणले देशभर विद्युत् आपूर्ति नियमित रहेको र लोडसेडिङको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ। प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्तिमा कुनै समस्या नरहेकाले लोडसेडिङको सम्भावना नरहेको उल्लेख गरेको हो । सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाको खण्डन गर्दै प्राधिकरणले घरायसी ग्राहकहरूलाई चौबिसै घण्टा विद्युत् आपूर्ति सुनिश्चित गरिएको र औद्योगिक क्षेत्रलाई पनि अधिकांश समयमा आपूर्ति जारी रहेको बताएको छ।

प्राधिकरणका अनुसार हाल देशभर विद्युत्को जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ। यसमध्ये प्राधिकरण स्वामित्वमा रहेका जलविद्युत् आयोजना ६६२ मेगावाट, सौर्य ऊर्जा २५ मेगावाट, तापीय ऊर्जा ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २ हजार १४९ मेगावाट रहेको छ।


Advertisement

हाल आन्तरिक विद्युत् उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेकोमा, विद्युत्को उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ। जसमध्ये १ हजार ५९३ मेगावाट उत्पादन स्वदेशमै सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिँदै आएको छ।

गर्मी मौसम सुरु भएसँगै भारतमा पनि माग बढेकाले विशेष गरी रातको समयमा आयातमा केही चुनौती भए पनि आपूर्ति व्यवस्थामा कुनै ठूलो समस्या नरहेको प्राधिकरणले स्पष्ट गरेको छ। यद्यपि, आँधीहुरी, चट्याङ, अविरल वर्षा, मर्मत सम्भार, भूमिगत लाइन विस्तार, र अन्य निर्माण कार्यका कारण कतिपय स्थानमा अस्थायी अवरोध हुन सक्ने जनाउँदै, समस्या समाधानका लागि निरन्तर काम भइरहेको प्राधिकरणले जनाएको छ।

Screenshot 28 4 2025 115937 www.nea .org .np https://bajarkochirfar.com/there-is-no-load-shedding-do-not-follow-rumors-spread-on-social-media-authority | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर