instainsta

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा हराएका २७ मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई दियो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १३ गते
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा हराएका २७ मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई दियो
AdvertisementAds

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा विभिन्न समयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ मोटरसाइकल र नौ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

उनले कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरेका सवारीसाधन आज धनीलाई बुझाइएको बताए । कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नयाँबसपार्क, सोह्रखुट्टे, मालीगाउँ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगरलगायतका स्थानबाट फेला पारेको थियो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले हराएका सवारीसाधन नम्बरप्लेट नक्कली हालेर चलाएको अवस्थामा फेला पारिएको बताए । ट्राफिक प्रहरीले हालसम्म २१० दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । यस्तै, सवारीसाधन चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय तथा वृत्तमा पठाइसकेको प्रवक्ता चतुर्वेदीले बताए ।

ट्राफिक प्रहरीले आव ०७९/८० मा ४९९ र०८०/८१ मा ४१७ दुईपाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ । सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्विल लक, चेनलक, ह्यान्डिल लक, डिस्कलकलगायत सुरक्षा साइरन जडान गर्न सबैलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स