दाङको घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयबाट पढेका विद्यार्थीलाई चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्न छात्रवृत्ति दिने घोषणा गरेको छ।
नगरप्रमुख नरुलाल चौधरीका अनुसार, डाक्टर पढ्नेलाई रु पाँच लाख र इञ्जिनियर पढ्नेलाई रु तीन लाखको छात्रवृत्ति एकमुष्ट प्रदान गरिनेछ। उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत यस योजनाबारे जानकारी गराएको छ।
छात्रवृत्तिका लागि पुस ८ देखि माघ ८ गतेसम्म सामाजिक विकास महाशाखामा निवेदन दिनुपर्नेछ। आवेदनमा एसईई र प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण भएको प्रमाणसहितका अन्य आवश्यक कागजातहरू संलग्न गर्नुपर्नेछ।
यो योजना सामुदायिक विद्यालयका विद्यार्थीलाई उच्च शिक्षामा प्रोत्साहन गर्न ल्याइएको उपमहानगरले जनाएको छ।











![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)
प्रतिकृया