परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ।
परीक्षाको पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। यसै दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा पनि सञ्चालन हुनेछ।
दोस्रो दिन, चैत ८ गते, अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ। यस दिन गैरनेपाली विद्यार्थीहरूका लागि वैकल्पिक अंग्रेजी (इलेक्टिभ इङ्गलिस) विषयको परीक्षा सञ्चालन हुनेछ।
चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने तालिकामा उल्लेख छ।
यो तालिका अनुसार विद्यार्थीहरूले तयारी गर्नुपर्ने विषय र मिति स्पष्ट भएको छ, जसले परीक्षामा सहभागी विद्यार्थीहरूलाई सहज बनाउने अपेक्षा गरिएको छ।


प्रतिकृया