राप्रपाले भन्यो, “माओवादीले छेपारोले जस्तै रङ फेर्यो, छानबिन समिति नबन्दासम्म हामी सदन चल्न दिँदैनौँ”

राप्रपाले भन्यो, “माओवादीले छेपारोले जस्तै रङ फेर्यो, छानबिन समिति नबन्दासम्म हामी सदन चल्न दिँदैनौँ”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समिति गठन नभएसम्म संसदमा अवरोध जारी राख्ने चेतावनी दिएका छन्। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले उक्त धारणा राखेका हुन्।

शाहीले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रबारको सम्बोधनका क्रममा धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिएको आरोप लगाए। उनले राप्रपाको मुख्य माग मानव बेचबिखनसम्बन्धी गम्भीर अनुसन्धान रहेको स्पष्ट पारे। यसका लागि वर्तमान गृहमन्त्रीसहित अघिल्ला गृहमन्त्रीहरूलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने उनीको माग छ।

शाहीले भने, “गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो। हामी मानव बेचबिखनको निष्पक्ष छानबिन चाहन्छौं। छानबिन समिति गठन नभएसम्म विरोधका कार्यक्रम जारी रहनेछन्।” उनले गृह मन्त्रालय र सरकार दुवैलाई छानबिन समिति गठन गर्न दबाव दिने बताए।

त्यसैगरी, उनले माओवादी पार्टीमाथि कटाक्ष गर्दै छेपारोझैं रङ फेर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे। माओवादीसँग सहकार्य गरेर संसदका काम कारबाहीमा आफूहरू सहभागी नहुने उनले स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स