दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर भर्ने साउन ११ गते अन्तिम दिन रहेको छ। पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी गरिरहेको हकप्रद सेयर भर्ने अन्तिम दिन हो।
पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले कुल ३१ लाख ६३ हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री खुला गरेको छ। यसका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार १ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र आवेदन दिन पाउने छन्।
पिपुल्सको हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।सेयरधनीहरूले प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था वा सीडीएससीको मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ।
त्यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडले भने असार १६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको छ। कम्पनीले ४० लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री खुला गरेको छ। यसमा आवेदन दिने म्याद साउन ११ गतेसम्मका लागि थप गरिएको हो।
कम्पनीले जेठ ५ गते बुक क्लोज गरेको थियो, जसअनुसार जेठ ४ गतेसम्म कायम सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। तेह्रथुम पावरको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। सेयरधनीहरूले नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै, अन्य आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयर अनलाइनमार्फत पनि आवेदन गर्न सकिनेछ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया