सुनको मूल्य ३ हजार ८०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २६ गते
सुनको मूल्य ३ हजार ८०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ । हिजो सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४१० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १४१ र त्यति नै परिमाणको सेतो धातु ८७ ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Copy of Copy of GOLD SILVER 6 https://bajarkochirfar.com/the-price-of-gold-increased-by-rs-3800-how-much-did-it-cost-per-tola | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स