नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर १ लाख ९५ हजार २ सय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ तोलामा १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको भाउ आज तोलामा २० रुपैयाँले वृद्धि भएर २३ सय १० रुपैयाँ कायम भएको छ । हिजो चाँदी २२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।




















प्रतिकृया