नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँले घटेर आज ३ लाख २ हजार ३०० रुपैयाँ प्रतितोला कायम गरिएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ हजार ७ हजार ७०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले घटेर आज ५ हजार १० रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको थियो।


प्रतिकृया