घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ।

आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार भने ३ हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार ८ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय २५ रुपैयाँले घटेको हो।

Copy of Copy of GOLD SILVER 13 https://bajarkochirfar.com/the-price-of-gold-and-silver-has-dropped-how-much-is-being-bought-and-sold | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स