सोमबार पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ। छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर तोलाको १ लाख ५५ हजार ८ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार सुनको मूल्य तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी मूल्य तोलाको १ हजार ८६० रुपैयाँमा किनबेच भइरहेको छ।