नेपालमा पेट्रोलको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार हिजो (बुधबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको हो।
डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको हो। अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५९ रुपैयाँ कायम भएको छ, पहिले १ सय ६१ रुपैयाँ थियो।
त्यस्तै, दोस्रो श्रेणीका सहर सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५८ रुपैयाँ तय गरिएको छ। पहिलो श्रेणीका सहर चारआली, विराटनगर र जनकपुरमा भने प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।




















प्रतिकृया