instainsta

अण्डाको मूल्य आजदेखि घट्यो, प्रति क्रेट कति पुग्यो ?

अण्डाको मूल्य आजदेखि घट्यो, प्रति क्रेट कति पुग्यो ?
AdvertisementAds

नेपाल लेयर्स कुखुरापालक संघले आज शुक्रबारदेखि लागु हुने गरी अण्डाको समर्थन मूल्य घटाएको छ। संघका अनुसार तीनै प्रकारका अण्डाको मूल्य प्रति क्रेट ५० रुपैयाँले घटाइएको हो।

नयाँ समर्थन मूल्यअनुसार अति ठूलो अण्डा प्रति क्रेट ५३० रुपैयाँ, ठूलो अण्डा ५१५ रुपैयाँ र मिडियम अण्डा प्रति क्रेट ५ सय रुपैयाँ कायम गरिएको छ। यसमा ढुवानी भाडाबापत प्रति पेटी १३० रुपैयाँ अतिरिक्त लाग्ने संघले जनाएको छ।

यसअघि संघले मंसिर २३ गतेदेखि लागु हुने गरी अति ठूलो अण्डाको समर्थन मूल्य ५८० रुपैयाँ, ठूलो अण्डाको ५६५ रुपैयाँ, मिडियमको ५५० रुपैयाँ र सानो अण्डाको ४६४ रुपैयाँ निर्धारण गरेको थियो।

संघले गत मंसिर महिनामै ३, ७, १३ र २३ गते गरी चार पटकसम्म अण्डाको समर्थन मूल्य सार्वजनिक गरेको थियो। मंसिर २३ गते तोकिएको समर्थन मूल्य अहिलेसम्मकै उच्च रहेको भन्दै संघको चौतर्फी आलोचना समेत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स