सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा. विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनिक निर्णयलाई सदर गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेशलाई सदर गर्दै रिट निवेदन दर्ता नहुने निर्णयलाई यथावत् राखेको हो ।
यस आदेशसँगै डा. पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकारलाई सहज भएको छ। यद्यपि, नियुक्तिपछि उनको योग्यता र अन्य विषयमा प्रश्न उठ्न सक्ने सम्भावना अझै कायम रहेको छ, र आगामी दिनमा नयाँ रिट निवेदन दर्ता हुने सम्भावना टरिसकेको छैन।
यसअघि अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले डा. पौडेलको गभर्नर नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए।



















प्रतिकृया