उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयासलाई ‘दुर्घटना’ भन्दै अब आफ्नो पार्टीको अस्तित्व जोगाएरै अघि बढ्ने उद्घोष गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले अब कुनै हालतमा पार्टीको नाम र चुनाव चिन्ह अरू दलसँग विलय हुन नदिइने स्पष्ट पारे। रास्वपासँगको छोटो समयको एकता प्रयासलाई स्मरण गर्दै उनले त्यो १२ दिनको अवधिलाई पार्टी ‘कोमा’मा पुगेको समयका रूपमा व्याख्या गरे। उनले भने, “पार्टी गठन भएको तीन महिना पनि पुगेको छैन, तर हामी बिचमा कोमामा पुग्यौँ। अहिले हामी तन्दुरुस्त भएर निस्केका छौँ, अब हाम्रो नाम र चिन्ह कतै हराउन दिने छैनौँ।”
घिसिङले अन्य दलहरू आफ्नो पार्टीमा समाहित हुन सक्ने तर आफूहरू अरूमा मिसिन नजाने स्पष्ट पारे। आगामी प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीका १२१ उम्मेदवार चुनावी मैदानमा रहेको जानकारी दिँदै उनले मतदातालाई आफ्नो उम्मेदवारलाई जिताउन अपिल गरे।
अर्कोतर्फ, नयाँ दलहरूले गरिरहेको खर्चिलो प्रचारप्रसारप्रति दुःख व्यक्त गर्दै उनले कम खर्चमा चुनाव लड्नुपर्नेमा जोड दिए। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसेडिङ अन्त्य गरेको उपलब्धि समेत उल्लेख गर्दै उनले मुलुकको समग्र विकासका लागि अब राजनीतिक रूपमा ‘उज्यालो नेपाल’ बाहेक विकल्प नभएको दाबी गरे।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया