नेपालमा “केहि छैन” भन्ने गलत धारणा चिर्नुपर्छ, यहाँ लगानीका प्रशस्त सम्भावनाहरू छन्: अध्यक्ष ढकाल

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ११ गते
नेपालमा “केहि छैन” भन्ने गलत धारणा चिर्नुपर्छ, यहाँ लगानीका प्रशस्त सम्भावनाहरू छन्: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा “केहि छैन” भन्ने गलत धारणा फैलिएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताएका छन्। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नका लागि लाग्नु पर्नेमा जोड दिएका छन्।

उनले भने, “नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना छ, हामीले यसलाई क्यापिटलाइज गर्नु पर्छ। यहाँ भएका स्रोतसाधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता र रोजगारी सिर्जना गर्न सकिन्छ।” साथै, उनले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको पनि बताएका छन्।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरूको मागअनुसार विधान संशोधन गरेको जानकारी दिँदै, “यसले महासंघमा जानका लागि अवसर सिर्जना गरेको छ,” भने। बुटवल उद्योग वाणिज्य संघका २०१० सालमा स्थापित संघको बारेमा पनि उनले प्रशंसा गरे र बुटवल क्षेत्रको आर्थिक, सामाजिक, र भौतिक विकासमा यस संघको महत्त्वपूर्ण भूमिका रहेको बताए।

अध्यक्ष ढकालले बुटवलको क्षेत्रमा कृषि, पर्यटन, उद्योग, र व्यापारका विभिन्न सम्भावनाहरूको चर्चा गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, र अन्य भौतिक पूर्वाधारहरूको विकासलाई महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स