सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, उनकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा भारतको पलिया बजार नजिक सवारी दुर्घटनामा घाइते भएका छन्। शनिवार साँझ भएको दुर्घटनामा राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बरको कार भारतीय नम्बरको अर्को कारसँग ठोक्किएको थियो।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार, दुर्घटनामा राज्यमन्त्री बमको मुख र नाकमा चोट लागेको छ, श्रीमती कल्पना बमको छातीमा र सहयोगी पदम देउवाको टाउकोमा चोट लागेको छ। घाइते तीनै जनाको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा भइरहेको छ।
भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्कने क्रममा दुर्घटना भएको जानकारी राज्यमन्त्री बमका भतिजा धनबहादुर बमले दिएका छन्। उनका अनुसार तीनै जनाको अवस्था सामान्य रहेको छ।















प्रतिकृया