नेप्से परिसूचक १३.६२ अङ्कले घटेर २८७६.६६ मा बन्द भएको छ। कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको थियो। तर, बजार बन्द हुने क्रममा भने घटेर बन्द भएको छ ।१३ उपसमूह मध्ये म्युचुअल फन्ड बाहेक सबै उपसमूह बढेको छ ।
बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएको आज १४ अर्ब २८ करोड पुगेको छ । यस दिन ३०२ कम्पनीका ३ करोड १२ लाख सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ। फागुन ४ गतेदेखि लगातार उकालो लागेको बजारमा पहिलो पटक करेक्सन देखिएको छ। करिब २११.८१ अंकले बजार बढेको थियो भने आज १३.६२ अंकले घटेको छ।
नेप्से १३.६२ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १३.६२ अङ्कले घट्दा ५१ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर, सिन्धु विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, र नेसनल लाइफ इन्स्योरेन्स रहेको छ।



प्रतिकृया