बहुप्रतीक्षित बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ मा आवेदन दिने अन्तिम मिति माघ १८ (जनवरी ३१) रहेको छ। यो शोले अब्बल नेपाली उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तारका लागि अन्तर्राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ।
कार्यक्रममा भाग लिन इच्छुक व्यवसायीहरूले केही मापदण्डहरू पूरा गर्नुपर्नेछ। पहिलो, व्यवसाय नेपालमा दर्ता भएको हुनुपर्छ। दोस्रो, संस्थापकहरू नेपाली नागरिक हुनुपर्छ। तेस्रो, व्यवसायले कम्तिमा एक वर्षको सञ्चालन अवधि पूरा गरेको हुनुपर्छ।
उद्यमीहरूले अनलाइन आवेदन दिन सक्नेछन्, जहाँ व्यवसायको बारेमा आवश्यक विवरण र योजना प्रस्तुत गर्नुपर्नेछ। प्रारम्भिक छनोट प्रक्रियामा सफल व्यवसायीहरूलाई पहिलो चरणको अन्तर्वार्ताका लागि बोलाइनेछ। अन्ततः छानिएका उद्यमीहरूले लगानीकर्ताहरू (शार्क) सामु आफ्नो व्यवसाय पिच गर्ने अवसर पाउनेछन्।
उद्यमीहरूले आफ्नो व्यवसायमा प्रस्तावित लगानीको सट्टामा सेयरको हिस्सा प्रस्ताव गर्नुपर्नेछ। लगानीकर्ताहरूले (शार्क) व्यवसायमा सम्भावना देखेमा सो कम्पनीमा लगानी गर्नेछन्।










![कस्तो रहला डा. भट्टको कार्यशैली ?, पूँजी बजारले खोजेको सुधारको सुरुवात हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-2-150x150.jpg)





प्रतिकृया