हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्षको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।
पार्टीको कोशी प्रदेश कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमार्फत जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा सञ्चालन हुने कार्यक्रमका व्यानर तथा अन्य प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर राख्न भनिएको हो।
प्रदेश समिति अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाको हस्ताक्षर रहेको सर्कुलरमा ‘श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु गराउनु पर्ने’ उल्लेख गरिएको छ।


प्रतिकृया