नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबारका लागि बोलाएको संचालक समितिको बैठकमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषय छलफलको एजेन्डामा समेटिएको छैन। अर्थ मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा यो विषय अघि बढ्ने अपेक्षा गरिए पनि भोलि बोलाइएको बैठकको एजेण्डामा समेटिएको छैन।
भोलि हुने बोर्ड बैठकमा मर्चेन्ट बैंकरको लाइसेन्स वितरण, मर्चेन्ट बैंकरको दायरा विस्तारका सम्बन्धमा अध्ययन गर्ने र अन्य नियमित कार्यहरू एजेन्डामा रहेको तर बाहिर चर्चा भएजस्तो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया एजेण्डामा नभएको धितोपत्र बोर्ड सञ्चालक समितिका एक सदस्यले बजारको चिरफारलाई बताए।
कानुनी परामर्शमा अध्यक्ष
अर्थबाट आएको पत्रमा कानुन अनुसार नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन भनिएको छ। त्यसैले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ हाल नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका विषयमा कानुनी परामर्शमा छन्। यता सर्वोच्चमा परेको रिट विचाराधीन रहेको हुँदा बोर्ड अध्यक्ष पछि हटेको बुझिएको छ।
यद्यपि, एजेन्डामा नसमेटिएको भए पनि अध्यक्षले उक्त विषय छलफलका लागि प्रस्तुत गर्न भने सक्नेछन्।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया