नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण रोक्न माग गर्दै दायर रिट निवेदनको पेशी माघ ९ गतेका लागि तोकिएको छ।
पुस २३ गते कृष्ण बहादुर थापाले नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यस रिटमा थापाले धितोपत्र बजार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशिका, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ लगायतका प्रावधान संविधानका धारा १, ४६, र १६२ सहितका संवैधानिक सिद्धान्तहरूसँग बाझिएको भन्दै अमान्य गराउन माग गरेका छन्।
थापाले संविधानको धारा १३३ (१), (२), र (३) बमोजिम यो प्रावधान अमान्य गर्न र नयाँ स्टक एक्सचेञ्जको सम्पूर्ण प्रक्रिया रोक्न आग्रह गरेका छन्। रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको हो, जसको बहस माघ ९ गते हुनेछ।









![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया