सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना गर्ने उद्देश्यले समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको संरचना, कार्यप्रणाली र प्रविधिलाई समयअनुकूल सुधार गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्ने जिम्मेवारीसहित प्रकाशजंग केसीको संयोजकत्वमा पुनर्संरचना सुझाव समिति गठन गरेको हो।
सरकारका प्रवक्ता तथा सूचना मन्त्री जगदीश खरेलका अनुसार समितिले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी पूँजी बजार प्लेटफर्म बनाउने उपायहरूमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ। नेप्से सुधारका लागि आवश्यक संरचनात्मक परिवर्तनदेखि प्रविधिगत अपग्रेडसम्मका सबै पक्ष मूल्यांकन गरी ठोस सुझाव दिन समितिलाई जिम्मेवारी दिइएको छ।



















प्रतिकृया